२० बैशाख २०८१, बिहिबार

संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस


संसद

काठमाडौँ । सरकारले संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी दुवै सदनहरु प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

संसद् अधिवेशन डाक्ने निर्णय लिनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान बालुवाटारमा सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

उनीहरूसँग छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो । यसअघि सरकारको सिफारिसमा गत साउन ३२ गते राष्ट्रपति भण्डारीले संसदको अधिवेशन अन्त्य गरेकी थिइन् ।

अव शुरु हुने अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !