२० बैशाख २०८१, बिहिबार

नेकपा (एस) मा मन्त्री छान्ने जिम्मेवारी दिइयो अध्यक्ष नेपाललाई


माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरु छान्ने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज आइतबार बसेको संसदीय दलको पहिलो बैठकले नेपाललाई सो अधिकार दिएको हो ।

यस्तै नेकपा (एस) संसदीय दलको नेतामा अध्यक्ष नेपाल सर्बसम्मत चयन भएका छन् । देउवा सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गरेको हो । नेता नेपालको उक्त पार्टीमा ३० जना सांसदहरु रहेका छन् ।

यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । एमाले विभाजन गरेर बनेको नेकपा (एस) को राष्ट्रियसभामा ७ जना सांसद रहेका छन् । अरु पदाधिकारीहरु भने पछि चयन हुने बताइएको छ ।

आज बसेको संसदीय दलको बैठकले पाँच सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । उक्त समितिमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी सदस्यहरु रहेका छन् । छिट्टै सरकारमा जाने उक्त पार्टीको तयारीमा छ ।

यो पनि पढ्नुहोस्

नेकपा (एस) संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन

नेकपा (एस) राष्ट्रियसभा संसदीय दलको नेतामा भुसाल चयन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !