४ बैशाख २०८१, मंगलबार

नेकपा (एस) राष्ट्रियसभा संसदीय दलको नेतामा भुसाल चयन


बेदुराम भुसाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) राष्ट्रियसभा संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज आइतबार बसेको संसदीय दलको पहिलो बैठकले भुसाललाई राष्ट्रियसभाको दलको नेतामा चयन गरेको हो ।

अन्य पदाधिकारीहरु भने पछि चयन हुने बताइएको छ । एमाले विभाजन गरेर बनेको नेकपा (एस) को राष्ट्रियसभामा ७ जना सांसद रहेका छन् ।

आज बसेको संसदीय दलको बैठकले विधान मस्यौदा समिति गठन गरेको छ । उक्त समितिमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी सदस्यहरु रहेका छन् ।

देउवा सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गरेको हो । छिट्टै सरकारमा जाने उक्त पार्टीको तयारीमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !