२२ बैशाख २०८१, शनिबार

पार्टी एकढिक्का भएर आगामी चुनावमा जानुपर्छ : शंकर भण्डारी


शंकर भण्डारी

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टी एकढिक्का नभएसम्म आगामी चुनाव जित्न नसकिने बताएका छन् । कांग्रेस शुक्लागण्डकी नगरपालिका-५ मा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री भण्डारीले आगामी चुनावमा पार्टी एक ढिक्का भएर जानुपर्छ भने ।

“व्यक्ति र समूहमा ध्यान दिन थालियो भने पार्टी एकढिक्का हुन सक्दैन, पार्टी एकढिक्का हुन नसके आगामी चुनाव जित्न सक्दैनौ”, भण्डारीले भने । विगतमा जस्तो अवस्था अब हुन नहुने भन्दै उनले अबको चुनावमा सबै सिट जित्नका लागि कांग्रेस कार्यकर्ता सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे ।

पूर्वमन्त्री भण्डारीले जिल्लामा कुनै नेतासँग नजिक रहेकाहरुलाई वाइपास गर्न खोजिएको भन्दै सबैलाई सङ्गठित गराएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !