२० बैशाख २०८१, बिहिबार

अन्तत: नेकपा एमाले २ जेठ २०७५ को अवस्थामा फर्कियो


एमाले स्थायी कमिटी बैठक

काठमाडौं । अन्तत: प्रमुख प्रतिपक्ष दल नेकपा एमाले २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किएको छ । हिजो मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान बसेको पार्टी स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किएको हो ।

२ जेठ २०७५ मा फर्किएसंगै पार्टीको पक्षमा क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको ज्ञवालीले बताए ।

हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि बोल्दै एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले मंसिर १०, ११ र १२ गते काठमाडौंमा दशौं महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिएका थिए ।

यस्तै उनले एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्ने बताएका थिए । २ जेठ २०७५ सम्मको पार्टी सदस्यता रहने र त्यसपछि सदस्यता लिएकाहरुलाई नवीकरण गरेर असोज मसान्तभित्र पूरा गर्ने निर्णय गरिएको उनले बताए ।

हिजो बसेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गर्नुको साथै कार्यान्वयनका क्रममा आउनसक्ने समस्या समाधानका लागि कमिटी समेत गठन गरेको छ । उक्त कमिटीमा भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार २ जेठ २०७५ को पार्टी कमिटी क्रियाशील बनाउने निर्णय भएकोले सोका लागि हिजैबाट आव्हान समेत गरेका थिए । हिजोको बैठकले दल विभाजन प्रक्रिया रोकेर पार्टी एकतामा आउन नेता कार्यकर्तालाई आह्वान समेत गरेको हो ।

यो पनि पढ्नुहोस्

असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश

नेकपा एमालेको दशौं महाधिवेशन मंसिर १० गतेदेखि गर्ने निर्णय

एमाले स्थायी कमिटी बैठकमा पूर्व माओवादी नेताहरु पनि सहभागी

एमालेको स्थायी कमिटि बैठक आज बस्दै, तेस्रो धारका नेताहरु पनि सहभागी हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !