१५ बैशाख २०८१, शनिबार

नेकपा एमालेको दशौं महाधिवेशन मंसिर १० गतेदेखि गर्ने निर्णय


एमाले स्थायी कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दशौं राष्ट्रय महाधिवेशन आगामी मंसिर १० गतेदेखि निर्णय गरेको छ । आज मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले मंसिर १०, ११ र १२ गते काठमाडौंमा दशौं महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । यस्तै उनले एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्ने बताए ।

बिगतमा माधवकुमार नेपाल समूहमा रहेका तर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको स्थायी कमिटी बैठकले मंसिर दोस्रो साता महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकमा माधव नेपाल पक्ष भनेर चिनिएपछि नेपालले पार्टी फुटाउँदा त्यतातिर नलागेका स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो । यस्तै आजको बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी थिए ।

बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार पार्टी संरचना २०७५ साल २ जेठ गते अगाडिको अवस्थामा क्रियाशील हुने ज्ञवालीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !