२१ बैशाख २०८१, शुक्रबार

एमाले स्थायी कमिटी बैठकमा पूर्व माओवादी नेताहरु पनि सहभागी


एमाले स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् ।

१० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा माधव नेपाल छाडेका १० नेताहरु पनि सहभागी भएका छन् ।

स्रोतका अनुसार बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !