१९ बैशाख २०८१, बुधबार

यस्तो छ माधव नेपालको नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र नियमावली


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेलाई विभाजन गराएर नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका माधव नेपाल नेतृत्वको पार्टीले घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ ।

नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखिएको चन्द्रागिरी पुगेका एक नेताले बताए ।

उनले चारवटै दस्तावेज सोमबार बेलुका नेताहरुलाई बाँडिएको र अध्ययनपछि मंगलबार त्यसलाई पारित गर्ने कार्यक्रम रहेको बताए । भोलि बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू यताउता नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो ।

३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् । ओली समूहका नेताहरु र तेस्रो धारका नेताहरुले आफ्नो पक्षमा लागेका केन्द्रिय सदस्यहरु र सांसदलाई भड्काउने त्रासले नेपालले हिजो बेलुकी आफ्ना नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा लागेका थिए ।

नेपालसहित उनी पक्षीय नेताहरु पार्टीको दस्तावेज तयार गर्न चन्द्रागिरी रिसोर्ट पुगेका थिए । नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल भएको छ ।

सोमबार ओली र तेस्रो धारका नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएर पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोटमा सहमति भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटि बैठक आज बस्दै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बलकोटमा ओली समूहका नेताहरु र माधव नेपालको साथ छाडेका एमालेको तेस्रो धारका नेताहरुवीच हिजो भएको बार्ता भएको थियो । एमाले प्रवक्ता प्रदिप ज्ञवालीले आज हुने बैठकबाट नेपाललाई नयाँ दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना रहेको बताएका थिए ।

आफ्नो पक्षका नेतालाई प्रभावित पार्न सक्ने खतरा समेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्‍याएका हुन् । नेपाल निकट स्रोतका अनुसार आज सोमबार राती र भोलि मंगलबार चन्द्रागिरिमै छलफल गरेर त्यहाँबाट सिधै केन्द्रीय सदस्यहरुको सनाखतका निर्वाचन आयोग जाने उनले जानकारी दिएका छन् ।

यस्तो छ हेर्नुहोस् नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र

यस्तो छ हेर्नुहोस् नेकपा (एकीकृत समाजवादी) को नियमावली

यो पनि पढ्नुहोस्

एमालेको स्थायी कमिटि बैठक आज बस्दै, तेस्रो धारका नेताहरु पनि सहभागी हुने

चन्द्रागिरी रिसोर्टवाट मध्यरातमा माधव नेपालले किन गरे ट्वीट ?

बेइमानीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचार सार्वजनिक : माधव नेपाल

ओली र तेस्रो धारका नेताहरुले भड्काउने त्रासले नेपालले लागे नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा

माधव नेपालसहितका नेताहरु एक्कासी पुगे चन्द्रागिरी रिसोर्टमा

एमाले विभाजन गराएपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास गए माधव नेपाल

एमालेले बोलायो स्थायी कमिटि बैठक, तेस्रो धारका नेताहरु पनि सहभागी हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !