१८ बैशाख २०८१, मंगलबार

चन्द्रागिरी रिसोर्टवाट मध्यरातमा माधव नेपालले किन गरे ट्वीट ?


माधव नेपाल फाइल फोटो

काठमाडौँ । प्रस्तावित नयाँ दल नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधव कुमार नेपालले चन्द्रागिरी रिसोर्टवाट सामाजिक संजाल ट्वीटरमा आज अबेर राती ट्वीट गरेका छन् ।

चन्द्रागिरी रिसोर्टवाट मध्यरातमा नेपालले ट्वीट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली समूहका नेताहरु र तेस्रो धारका नेताहरुले आफ्नो पक्षमा लागेका केन्द्रिय सदस्यहरु र सांसदलाई भड्काउने त्रासले नेपालले आफ्ना नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा लागेको आशंका गर्न सकिन्छ ।

नयाँ दल नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष नेपालसहितका नेताहरु अहिले काठमाडौंको चन्द्रागिरी रिसोर्टमा छन् । तेस्रो धारका नेताहरूले आफ्नो पक्षका नेतालाई प्रभावित पार्न सक्ने खतरा समेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्‍याएका हुन् ।

सोमबार ओली र तेस्रो धारका नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएर पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोटमा सहमति भएको थियो । पर्सी बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू यताउता नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो ।

उनले नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचार सार्वजनिक भएको बताएका छन् । ओली समूह र तेस्रो धारका नेताहरुले आफ्नो पक्षमा लागेका केन्द्रिय सदस्यहरु र सांसदलाई भड्काउने त्रासले नेपालले आफ्नो नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा लागेका हुन्।

सामाजिक संजाल ट्वीटरमा आज अबेर राती लेख्दै नेपालले दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढेको दावी गरेका छन् ।

अत: यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा उनले अपिल गरेका छन् । यसरी ओली समूह र तेस्रो धारमा लागेका नेताहरुवाट आफ्नो पक्षका नेता र कार्यकर्ताहरु नभड्किउन् भन्ने मनसायले उनले मध्यरातमा ट्वीटमार्फत अपिल गरेका हुन् ।

उनले लेखेका छन्, ‘दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै‘वार्ता र सहमती’का भ्रमपूर्ण समाचार सार्वजनिक भएका छन्।अत:यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति,न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा अपिल गर्दछु ।’

यो पनि पढ्नुहोस्

बेइमानीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचार सार्वजनिक : माधव नेपाल

ओली र तेस्रो धारका नेताहरुले भड्काउने त्रासले नेपालले लागे नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा

माधव नेपालसहितका नेताहरु एक्कासी पुगे चन्द्रागिरी रिसोर्टमा

एमाले विभाजन गराएपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास गए माधव नेपाल

एमालेले बोलायो स्थायी कमिटि बैठक, तेस्रो धारका नेताहरु पनि सहभागी हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !