६ बैशाख २०८१, बिहिबार

ओली र तेस्रो धारका नेताहरुले भड्काउने त्रासले नेपालले लागे नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा


माधव नेपाल फाइल फोटो

काठमाडौं । नयाँ दल नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधव कुमार नेपालसहितका नेताहरु काठमाडौंको चन्द्रागिरी रिसोर्टमा पुगेका छन् ।

सोमबार ओली र तेस्रो धारका नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएर पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोटमा सहमति भएको थियो । तेस्रो धारका नेताहरूले आफ्नो पक्षका नेतालाई प्रभावित पार्न सक्ने खतरा समेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्‍याएका हुन् ।

पर्सी बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू यताउता नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो । प्रस्तावित सो पार्टीका सांसदहरु र केन्द्रीय समितिका सदस्यहरुबीच रिसोर्टमा हुने छलफलको लागि लगभग ५० वटा कोठा बुक गरेर आज उनीहरु आज त्यहीँ बस्ने तयारी रहेको नेपाल निकट स्रोतले जानकारी दिएको छ ।

नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल योजना रहेको छ । उनका अनुसार आज सोमबार राती र भोलि मंगलबार चन्द्रागिरिमै छलफल गरेर त्यहाँबाट सिधै केन्द्रीय सदस्यहरुको सनाखतका निर्वाचन आयोग जाने उनले जानकारी दिएका छन् ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको वार्तापछि बोल्दै पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भोलि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले स्थायी कमिटि बैठकमा तेस्रो धारका नेताहरु पनि सहभागी हुने बताएका थिए । उनले भोलि हुने बैठकबाट नेपाललाई नयाँ दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना रहेको बताएका थिए ।

एमालेलाई विभाजन गराएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका नेपालले आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । आज सोमबार विहान पौने १२ बजेदेखि पौने २ वजे सम्म नेपाल र राष्ट्रपति भण्डारीका वीचमा भेटवार्ता भएको नेपाल निकट स्रोतले बताएको छ ।

यो पनि पढ्नुहोस्

माधव नेपालसहितका नेताहरु एक्कासी पुगे चन्द्रागिरी रिसोर्टमा

एमाले विभाजन गराएपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास गए माधव नेपाल

एमालेले बोलायो स्थायी कमिटि बैठक, तेस्रो धारका नेताहरु पनि सहभागी हुने

बालकोटमा ओली र माधव नेपाल छाडेका तेस्रो धारका नेताहरुबीच वार्ता

ओलीले भेट नदिएपछि एमालेको तेस्रो धारका नेताहरु निराश, पार्टी छोड्ने मनस्थितिमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !