२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले भोलि मात्र बालुवाटार छोड्ने


प्रधानमन्त्री ओलीद्वारा नेपालकै पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि असार ३० गते वुधबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने भएका छन् । भोलि बुधबार बिहान ११ बजे उनी बालुवाटारबाट आफ्नो निजी निवास भक्तपुरको बालकोट सर्ने भएका हुन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री देउवाको आज साँझ ६ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि सोही अनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हिजो सोमबार परमादेश दिएपछि राष्ट्रपतिले भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्  ।

निवर्तमान प्रधानमन्त्री ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्दैछन । आज मंगलबार दिउँसो २ बजे निवर्तमान प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएतापनि अहिलेसम्म ओलीले देशबासीको नाममा गर्ने भनिएको सम्बोधन शुरु भएको छैन ।

सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएपछि उक्त फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !