२६ बैशाख २०८१, बुधबार

नेपालले ओलीलाई पठाए अध्यक्ष बनाउनु पर्ने प्रस्ताव, सम्भव होला एकता ?


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सहमतिका लागि अध्यक्ष पद मागेको खुलेको छ । स्रोतका अनुसार वरिष्ठ नेता नेपालले आफुलाई अध्यक्ष बनाउन पर्ने र पार्टी संस्थागत रुपमा चल्नुपर्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् ।

वरिष्ठ नेता नेपालले यो प्रस्तावमा सहमति भएमात्रै कुरा मिल्ने सन्देश पठाएका हुन् । नेपालको यो पछिल्लो मागसँगै आज हुने सहमतिमा अन्योल थपिएको छ । नेताहरु दुई पक्षको कार्यदल सहमतिको प्रयासमा अझै जुटिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !