१५ बैशाख २०८१, शनिबार

प्रचण्ड र माधव नेपालवीच अचानक कोटेश्वरमा भेटवार्ता


प्रचण्ड-नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । प्रचण्ड नेता नेपाललाई भेट्न आज शनिबार बिहान साढे ११ बजे कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए ।

नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको भोलिपल्ट प्रचण्डले नेपालसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपालको निवास कोटेश्वर पुगेका प्रचण्डले एमाले एकताको विषयमा चासो राखेका थिए । एमाले कार्यदलले तयार पारेको मस्यौदा आज शनिबार सार्वजनिक गरिने तयारी भएको छ ।

स्रोतका अनुसार प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !