२३ बैशाख २०८१, आइतबार

एमाले कार्यदलको बैठक सकियो, के भयो निर्णय ?


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडाैँ । नेकपा एमालेको कार्यदल बैठक सकिएको छ । तीन घण्टासम्म सिंहदरबार भएको एकता कार्यदलको बैठकमा धेरै प्रगति भएको स्रोतले बतायो ।

बैठकमा बुँदागत रूपमा छलफल भएको र केही दिनमै सकारात्मक निकास निस्कने एक नेताले जानकारी दिए । बैठकबाट बाहिरिदैँ कार्यदलका सदस्य एक नेताले पनि छलफल सकारात्मक भएको र केही दिनमा नयाँ सहमतिको सम्भावना रहेको बताए ।

यसअघि सोमबार बसेकाे बैठकमा अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन भएको थियो । साथै, कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !