१५ बैशाख २०८१, शनिबार

प्रदीप पौडेललाई महामन्त्रीमा उठाउने पौडेल समूहको तयारी


प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै शेरबहादुर यूवाको सक्रियता बढेको छ। देउवा सभापतिमा लड्ने घोषण गरिसकेका छन्। १४औं महाधिवेशनको मिति घोषणा गरेसंगै देउवाको सक्रियता बढेको हो।

देउवाले आफू सभापतिमा लड्ने घोषणा गरेसंगै आफ्नो समूहका नेताहरुसंग छलफल गर्दै आएका छन्। आफ्नो समूहका नेताहरुसंग पटक-पटक छलफल गर्दै आएका छन्। त्यस्तैगरी उनले प्रदेशका नेताहरुसंग पनि छलफल गरिरहेका छन्।

प्रदेशका नेताहरुदेखि लिएर जिल्ला-जिल्लामा समेत आफ्नो समूहका नेताहरुसंग र कार्यकर्ताहरुसंग छलफलमा जुटेका छन्। आफ्नो समूहका नेता, कार्यकर्तालाई महाधिवेशनमा खट्नको लागि निर्देशन दिसकेका छन्।

त्यस्तैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो समूहमा छलफल गरिरहेका छन्। उनले आफ्नो समूहका नेताहरुलाई महाधिवेशनमा खट्नको लागि निर्देशन दिसकेका छन्। उनले कृष्णप्रसाद सिटौला र सुजाता कोइरालासंग समेत भेटघाट गरि छलफल गरिसकेका छन्।

उक्त छलफलमा आफुलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए। तर सिटौला र कोइराला पनि सभापतिमा लड्ने घोषणा गरेकाले पौडेललाई सहयोग गर्न सक्ने स्थिति छैन।

सिटौला समूहमा पनि चफल चलिरहेको छ। सिटौला आफै सभापतिमा लड्ने घोषण गर्दै आएका छन्। स्रोतका अनुसार महामन्त्रीमा गगन थापालाई उठाउन तयारी भइरहेको छ। तर महामन्त्रीमा सिटौला समूहकै अर्का युवा नेता प्रदिप पौडेललाई पनि महामन्त्रीमा उठाउन युवा नेताहरुको दवाव दिएको स्रोतले बतायो।

गगन थापालाई उठाउन सक्ने सम्भावना धेरै रहेको स्रोतले बतायो। उता पौडेल समूहका नेता मिनेन्द्र रिजाल पनि महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन्। पौडेल समूहका रिजाल महामन्त्रीको एक्लो उम्मेदार हुन सक्ने एक नेताले जानकरी दिए।

रिजालले एक मिडियासंग कुरा गर्दै आफू सभापतिमा लड्ने योग्यता भए पनि आफूलाई कसैले भोट दिंदैन भन्दै आफू महामन्त्रीमा लड्ने घोषणा गरेका छन्। महामन्त्रीमा आफू जित्न सक्ने सम्भावना धेरै भएको दावी गरेका छन्।

महामन्त्रीमा यसपटक गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको नाम चर्चामा छ । १३औं महाधिवेशनमा गगन त महामन्त्रीमा उठेका थिए । अहिलेपनि उनी महामन्त्रीकै दाबेदार हुन । कांग्रेसमा ईमानदार युवा नेताको छवि बनाएका पौडेललाई यसपटक देशभरिका युवाहरुले महामन्त्रीमा उठ्न दबाब दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !