२३ बैशाख २०८१, आइतबार

एमाले दशौँ महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै, नेपाल समूह नजाने


एमाले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको दशाैं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्न लागेको बैठकमा माधव नेपाल समूहका नेताहरु भने सहभागी नहुने भएका छन् ।

आज बस्ने बैठकले पार्टीको आन्तरिक विवाद समाधान गर्दै एकतबद्ध बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई निमन्त्रणा नगरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । तर १८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने सचिव तामाङले जानकारी दिए ।

सर्वोच्च अदालतको गत फागुन ३३ गतेको फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरी अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरेको थियोे ।

हिजो मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी १८ गते माओवादीसँग एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका थिए ।

नेकपा एमालेले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको हो । पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको हिजो सम्पन्न स्थायी कमिटीले आज बस्ने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको संरचनामा सञ्चालन गर्न तप्पर भएको घोषणा गरेका थिए ।

सर्वाेच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो । उक्त निर्णयमा नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट रहँदै आएकामा वार्ता र संवादबाट पार्टी एकतालाई कायम राख्ने कोशिश भइरहेको छ ।

यो पनि पढ्नुहोस्

माधव समूहलाई नबोलाई एमाले जेठ २ मा फर्किने, कारण के ?

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा ​रुपान्तरण गर्ने एमालेको निर्णय

अन्तत: २०७५ जेठ २ गतेको स्थितिमा फर्किने एमालेको औपचारिक निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !