१४ बैशाख २०८१, शुक्रबार

अन्तत: २०७५ जेठ २ गतेको स्थितिमा फर्किने एमालेको औपचारिक निर्णय


स्थायी समिति बैठक

काठमाडौं । अन्तत: सत्तारुढ दल नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ ।

आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

एमालेको असन्तुष्ट माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो । यद्यपि, भोलिका लागि बोलाइएको महाधिवेसन आयोजक कमिटी बैठक भने नरोकिने ज्ञवालीले स्पष्ट पारेका छन् ।

१८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ । नेकपाको एकता भंग भएपछि २०७५ जेठ २ गतेको संरचनामा फर्किएपछि एमाले २४१ केन्द्रीय सदस्य रहेको थियो ।

पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने भन्दै ओली २०७५ जेठ २ को अवस्था फर्किन तयार भएका हुन् । १८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ । बैठकले नेपालको पछिल्लो राजनीतिक अवस्था गम्भीर र संकटपूर्ण देखिएको निष्कर्ष समेत निकालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !