२५ बैशाख २०८१, मंगलबार

गुट बनाउन होइन, गुट तोड्न छलफल गरिएको हो : विमलेन्द्र निधि


विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्ज पुगेर महाधिवेशन केन्द्रित छलफललाई निरन्तरता दिएका छन्।

स्रोतका अनुसार उनीहरू तीनै जना भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका छन्। सभापतिमा तीनै जना उठ्ने कि एकअर्कालाई सहयोग गरेर एकमात्रै उम्मेदवार बनाउने भन्नेबारे केन्द्रित रहेर उनीहरूले छलफललाई तीव्रता दिएका छन्।

आजको छलफलपछि महामन्त्री कोइरालाले आफूहरू एकै ठाउँमा रहेको र सभापति को उठ्ने भन्ने पछि नै निर्णय गरिने बताए। ‘आज मुख्यगरी राष्ट्रिय राजनीति र पार्टी महाधिवेशनबारे हाम्रो छलफल भयो,’ उनले भने, ‘हाम्रो बीचमा सहमति भएर जाने सम्भावना प्रबल हुँदै गएको छ। पार्टीलाई एकजुट बनाएर लैजाने हाम्रो भनाइ हो।’

उनले पार्टीलाई गुट/उपगुटमा विभाजित गर्दा धरासायी हुने भएकाले महाधिवेशन र त्यसपछि हुने निर्वाचन जित्न पनि एकजुट भएर जानु पर्नेमा जोड दिए।

बैठकपछि सभापतिका अर्का आकांक्षी सिंहले सभापति को उठ्नेबारे औपचारिक रूपमा घोषणा गर्ने समय आउने बताए । आफूहरूबीच भइरहेको छलफल सकरात्मक दिशातर्फ गइरहेको दाबी उनको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !