१५ बैशाख २०८१, शनिबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्न पदाधिकारी बैठकले गरेको प्रस्तावमाथि निर्णय लिन आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

यसअघि बसेको कांग्रेस पदाधिकारी बैठकले भदौ ७ गतेदेखि १० गतेसम्म निर्धारित महाधिवेशनको मिति १० दिन पर सारेर भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने गरी निर्णय गर्न केन्द्रीय समितिमा सिफारिस गरेको थियो ।

क्रियाशील सदस्यताको टुंगोदेखि वडा अधिवेशन गर्ने मितिसम्म हेरफेर गर्नेबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ । यस्तै आज बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट र प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाको दाबी लगायत विषयमा बृहत छलफल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !