१४ बैशाख २०८१, शुक्रबार

अन्तत: बादलले गरे हार स्वीकार, दिए डा. देवकोटालाई बधाई


रामबहादुर थापा र डा. खिमलाल देवकोटा

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा हार स्वीकार गर्दै विजय भएका डा. खिमलाल देवकोटालाई बधाई दिनुका साथै आफूलाई मत दिने सबैलाई धन्यवाद दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै बादलले आजको राष्ट्रियसभा उपनिर्वाचनमा आफूलाई मतदान गर्ने तथा सहभागी भएका बागमती प्रदेशसभाका सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद प्रकट समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई ।’

आज भएको मतदानमा माधवकुमार नेपाल समूह, नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थन रहेका तटस्थ उम्मेदवार डा. देवकोटाले ५०८८ र नेकपा (एमाले) का थापाले ४०१४ मतभार प्राप्त गरेका थिए भने नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु