१४ बैशाख २०८१, शुक्रबार

नयाँ सरकार बनाउन गण्‍डकीमा विपक्षी गठबन्‍धनले बुझायो पत्र


गण्डकी प्रदेश

पोखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमत रहेको दाबी गर्दै कांग्रेस नेतृत्वको गठबन्‍धनले प्रदेश प्रमुखलाई आज दिउँसो पौने ४ बजे पत्र बुझाएको छ । यद्यपि पत्रमा ३१ सांसदको हस्ताक्षर छैन ।

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका हुन् ।

यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेको र उक्त समय सीमा आज दिउँसो ४ः०० बजे सकिएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा (एमाले) का पक्षमा अहिलेसम्म स्वतन्त्र १ गरी २८ सांसद छन् । विपक्षी गठबन्धनतिर नेपाली कांग्रेसका १५, माओवादी केन्द्रमा ११, जनर्मोचाका ३ र जसपाका २ गरी ३१ सांसद छन् ।

तर जनमोर्चा सांसद कृष्ण थापाले भने आफूले हस्ताक्षर नगरेको बताउदै आफू तटस्थ बस्ने भन्दै प्रदेश प्रमुख पौडेललाइ पत्र पठाएर जानकारी गराएका छन् । थापाले प्रदेश प्रमुखलाई पत्र पठाई गैर कानुनी काम कारवाहीलाई मान्यता नदिन आग्रह गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य थापालाई नयाँ सरकार बनाउन विपक्षी गठबन्धनलाई सहयोग गर्ने पार्टी नीतिविपरीत लागेको भन्दै संसदीय दलको नेताबाट हटाएर कारवाही गरेको छ । यद्यपि उनले आफूलाई संसदीय दलको नेताबाट हटाएकोबारे थाहा नभएको बताएका छन् ।

नयाँ सरकार बनाउन गण्‍डकीमा विपक्षी गठबन्‍धनले बुझायो पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !