२१ बैशाख २०८१, शुक्रबार

जसपाको बैठक बस्दै : राजनीतिक निकास खोज्न पहल गर्ने


जसपा बैठक फाइल फोटो

काठमाडौँ । नयाँ सत्ता समीकरणको तालाचावी बोकेर बसेपनि पक्ष-विपक्षमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको वर्तमान देशको राजनीतिक निकास खोज्न बैठक बस्ने भएको छ ।

नयाँ सरकार गठनको विषयलाई लिएर जसपा दुई धारमा विभाजन भई महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारकै निरन्तरता चाहेर नयाँ सरकार गठनको विपक्षमा छन् भने यादव र डा. भट्टराई नयाँ सरकार गठनको पक्षमा देखिएका छन् ।

एउटै पार्टी यसरी दुई धारमा विभक्त भएकोले देशमा राजनीतिक संक्रमण झन् लम्बिने देखिएकै बेला आज बुधबार जसपा पदाधिकारीको बैठक बस्न लाग्नुलाई विशेष चासोका साथ हेरिएको छ । पार्टी पदाधिकारीको बैठक बोलाउन प्रयास गरिरहेका अध्यक्ष भट्टराईले पहिला अध्यक्ष ठाकुरसँग आफैले छलफल गर्ने भएका छन् । दुई शिर्ष नेताहरु बीचको छलफल सकिएपछि पदाधिकारीको बैठक बस्ने बताइएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराईले घुमाउरो तरिकाले आफ्नो पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बुधबार बिहान लेख्दै भट्टराईले देशको वर्तमान राजनीतिक संकट समाधान गर्न चार वटा प्रस्ताव प्रस्तुत गर्दै वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका हुन् ।

डा. भट्टराईले यो ट्वीटले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न अस्वीकार गर्दै नयाँ प्रधानमन्त्रीमा ठाकुरको प्रस्तावको संकेत गरेका छन् । यसले गर्दा काँग्रेसमा हलचल मच्चिएको छ भने जसपामा पार्टी एकताको सन्देश छाएको छ ।

कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवको सक्रियता बढेको बेला भट्टराईले वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री वाहेककाको राष्ट्रिय सरकार बनाउन भन्नुको अर्थ देउवालाई अस्वीकार गर्नुले जसपा र काँग्रेसमा अर्थपूर्ण रुपमा लिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !