२५ बैशाख २०८१, मंगलबार

कहिले दुखमा कहिले सुखमा जनतासँग प्रत्यक्ष जोडिन कार्यालय खोलिएको हो : प्रचण्ड


prachanda

१३ फागुन, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुखसुखमा जनतासँग प्रत्यक्ष जोडिन भन्दै आज भरतपुरमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनले भने, ‘कहिले दुखमा कहिले सुखमा जनतासँग प्रत्यक्ष जोडिन कार्यालय खोलिएको हो, यसले मलाई जोड्ने पुलको भूमिका खेल्छ भन्ने लाग्छ ।’

शनिबारदेखि चितवनमा रहेका प्रचण्डले कार्यालय उद्घाटनपछि संक्षिप्त मन्तव्य राख्दै भने, ‘यो सामान्य निर्वाचन क्षेत्र मात्रै होईन, एउटा सांसदलाई हेरेको मात्रै होइन,संघिय गणतान्त्रिक नेतृत्वले पहिलो चोटी चुनाव लडेर विकास निर्माणमा कस्तो विधि अपनाउँछ भनेर सबैले हेरेका हुन्छन्,।’ पार्टीलाई र मलाई जनतासँग जोड्न कार्यालय खुलाईएको भन्दै दाहालले जनताको गुनासो नआओस् भन्ने चाहनाले कार्यालय खोलेको बताए । यो कार्यालय एकीकृत हुन लागेको दुवै पार्टीको पनि जिम्मेवारी भएको दाहालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !