२४ बैशाख २०८१, सोमबार

परराष्ट्रमन्त्री ज्ञवाली स्पष्टोक्ति : देशभर लकडाउन हुँदैन, आंशिक लकडाउन हुनसक्छ


प्रदीप ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल देशभर लकडाउन नगर्ने प्रष्ट पारेका छन् । उनले लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि बताएका छन् ।

आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताए ।

उनले भने, ‘लकडाउन आफैंमा अन्तिम समाधान होइन । त्यसैले सकेसम्म मुलुकभर लकडाउन नगरी कोभिड महामारीको सामना गर्ने तयारी छ । अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ ।’

‘भर्खर-भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ । त्यसो भएको हुनाले हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउनचाहिँ हुँदैन ।’ मन्त्री ज्ञवालीले थप्दै भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !