१४ बैशाख २०८१, शुक्रबार

सूर्य थापाले पुन:स्थापित प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई यतिसम्म खिल्ली उढाए


सूर्य थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुन:स्थापित संसदको हिउँदे अधिवेशनलाई खिल्ली उढाएका छन् ।

समजिउक संजाल ट्वीटरमा लेख्दै उनले पुन:स्थापित प्रतिनिधिसभाले १९ वटा शाेक प्रस्ताव मात्र पारित गरेछ भनेर लेख्दै २०७७ फागुन २३ गतेयताकाे काम जम्मा यत्ति हाे भनेर प्रतीकात्मक रुपमा सभामुख अग्नि सापकोटालाई व्यंग गरेका छन् ।

उनले आज दिउँसाे १ बजेबाट लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिश गरेकाेले अव नीति तथा कार्यक्रम र बजेटकाे तयारीसाथ अब बर्षे अधिवेशन शुरु हुने बताएका छन् ।

उनले लेखेका छन्, ‘पुन:स्थापित प्रतिनिधिसभाले १९ वटा शाेक प्रस्ताव पारित गरेछ! २०७७ फागुन २३ गतेयताकाे काम जम्मा यत्ति हाे । आज दिउँसाे १ बजेबाट लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिश गरेकाे छ । नीति तथा कार्यक्रम र बजेटकाे तयारीसाथ अब बर्षे अधिवेशन हुन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !