काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुन:स्थापित संसदको हिउँदे अधिवेशनलाई खिल्ली उढाएका छन् ।
समजिउक संजाल ट्वीटरमा लेख्दै उनले पुन:स्थापित प्रतिनिधिसभाले १९ वटा शाेक प्रस्ताव मात्र पारित गरेछ भनेर लेख्दै २०७७ फागुन २३ गतेयताकाे काम जम्मा यत्ति हाे भनेर प्रतीकात्मक रुपमा सभामुख अग्नि सापकोटालाई व्यंग गरेका छन् ।
उनले आज दिउँसाे १ बजेबाट लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिश गरेकाेले अव नीति तथा कार्यक्रम र बजेटकाे तयारीसाथ अब बर्षे अधिवेशन शुरु हुने बताएका छन् ।
उनले लेखेका छन्, ‘पुन:स्थापित प्रतिनिधिसभाले १९ वटा शाेक प्रस्ताव पारित गरेछ! २०७७ फागुन २३ गतेयताकाे काम जम्मा यत्ति हाे । आज दिउँसाे १ बजेबाट लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिश गरेकाे छ । नीति तथा कार्यक्रम र बजेटकाे तयारीसाथ अब बर्षे अधिवेशन हुन्छ ।’
पुन:स्थापित प्रतिनिधिसभाले १९ वटा शाेक प्रस्ताव पारित गरेछ! २०७७ फागुन २३ गतेयताकाे काम जम्मा यत्ति हाे।
आज दिउँसाे १ बजेबाट लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिश गरेकाे छ ।
नीति तथा कार्यक्रम र बजेटकाे तयारीसाथ अब बर्षे अधिवेशन हुन्छ ।— Surya Thapa (@ThapajiSurya) April 19, 2021