१५ बैशाख २०८१, शनिबार

सपथ लिएको २४ घण्टा नबित्दै ओलीलाई दोहोर्याउएर शपथ ग्रहण गर्न कमल थापाको सुझाव


कमल थापा

४ फागुन, काठमाण्डौ । राष्ट्रपतिसंग पद तथा गोपनीयताको सपथ लिने क्रममा भन्नैपर्ने ‘देश’ शब्दसमेत छुटाएका छन् । ओलीले बिहीबार प्रधानमन्त्रीको शपथ लिने क्रममा ‘देश’ शब्द उच्चारण गर्न छुटाएको भन्दै राप्रपा अध्यक्ष कमल थापाले दोहोर्यादएर शपथ लिन सल्लाह दिएका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमा भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटि हुंदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहोर्याएर शपथ लिएका थिए। प्रम केपी ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो। निश्चय नै यो नियतवश होईन। त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु। शपथमा देश छुट्नु राम्रो होईन ।’

ओलीले ईश्वरको नाम नलिन खोज्दाखोज्दै देशसमेत भन्न भुलेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जे भन्यो त्यही सपथ लिनुपर्नेमा उनले ईश्वर शब्द छल्न खोज्दा देश पनि छले ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !