२३ बैशाख २०८१, आइतबार

बादविबाद आफु समानसँग गर्ने भनेपछि भट्टराईलाई थापाले दिए कडा प्रतिक्रिया


योगेश भट्टराई, सुर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेता योगेश भट्टराईलाई व्यङ्ग्य गरेका छन्। थापाले एक स्टाटस लेख्दै भट्टराईलाई संकेत गर्दै पहिले जन्मेका मानिसहरूले आफूलाई जेसुकै ठान्न सक्ने आरोप लगाएका छन्।

थापाले भट्टराईको एक स्टाटस शेयर गर्दै व्यङ्ग्य गरेपछि जवाफमा भट्टराईले बादविबाद आफु समानसँग गर्ने भन्दै एक ट्वीट गरेसँगै पुन: थापाले दिएका छन् । थापाले दुबैपटक स्वार्थी, खराब र मै हुँ भन्ने तत्वहरूलाई पराजित गर्न राैं बराबर भएपनि याेगदान गर्न सकेकाेमा गाैरवबाेध रहेको बताएका छन् ।

उनले लेखेका छन्, “पहिले जन्मेका मानिसहरूले आफूलाई जेसुकै ठान्न सक्छन् । तीन दशकमा धेरैका अनेक हैसियत र भूमिका भाेगिएकाे छ । २०५५-२०५८ र २०७७ पुस ५ यता पनि हुबहु र छर्लङ्ग देखिएकाे छ । दुबैपटक स्वार्थी, खराब र मै हुँ भन्ने तत्वहरूलाई पराजित गर्न राैं बराबर भएपनि याेगदान गर्न सकेकाेमा गाैरवबाेध छ ।”

यो पनि पढ्नुहोस्

बादविबाद आफु समानसँग गर्ने भन्दै सुर्य थापालाई योगेश भट्टराईले गरे यतिसम्मको अपमान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !