२३ बैशाख २०८१, आइतबार

बादविबाद आफु समानसँग गर्ने भन्दै सुर्य थापालाई योगेश भट्टराईले गरे यतिसम्मको अपमान


सुर्य थापा, योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापालाई संकेत गर्दै बादविबाद पनि आफु समान वा आफुभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुने बताएका छन्।

नेता भट्टराईले एक स्टाटस लेख्दै बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हुने बताएका छन् । नेता भट्टराईको एक स्टाटस शेयर गर्दै सुर्य थापाले भट्टराईमाथि प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफमा भट्टराईले लेखेका छन्, “बादविबाद पनि आफु समान वा आफुभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुन्छ किनकी आफुले केही सिक्के मौका पाईन्छ । बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !