२६ बैशाख २०८१, बुधबार

नेपालसहित ४ जना नेताहरुको स्पष्टीकरण ओलीको हातमा, थप कठोर कारवाहीको सम्भावना


माधव कुमार नेपाल, केपी शर्मा ओली फाइल फोटो

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित ४ जना नेताहरुले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी कार्यालय धुम्बाराहीमा स्वकीय सचीवमार्फत स्पष्टीकरण बुझाएका हुन् ।

गत शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो । पार्टी महासचिव ईश्वर पोखरेलले नेपालसहित ४ जनालाई स्पष्टीकरण मागेका थिए ।

एमालेका कार्यालय सचिव ईश्वरी रिजालले स्पष्टीकरण पत्र प्राप्त भएको बताएका छन् । शनिबारको केन्द्रीय समितिको निर्णय अनुसार पार्टी महासचिव पोखरेलले सोमबार ४ जना नेताहरुको नाममा छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए ।

४ जना नेताहरुले बुझाएको स्पष्टीकरण पत्र नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलमा पुगिसकेकोले ओली र पोखरेलले उक्त स्पष्टीकरण अध्ययन गरिरहेको बुझिएको छ ।

वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीमाथि नै प्रश्न गर्दै १३ बुँदे स्पष्टीकरणको जवाफ दिएर आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको र उनीमाथि नै कारबाही गर्नुपर्ने नेता नेपालको जिजिर रहेको छ । नेपालले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने माग गरेका छन् ।

स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको र उल्टै प्रचण्डको मतियारका रुपमा आफ्नो पार्टी र अध्यक्षमाथि आक्षेप लगाइएको ओलीनिकट स्रोतको प्रारम्भिक प्रतिक्रिया छ । नेपालको स्पष्टीकरणमा कुनै पनि गल्ती र पश्चाताप नदेखिएको र प्रचण्डको अभियोगपत्रकै शैलीमा जवाफ दिएको भन्दै एमालेले थप कारबाही अघि बढाउने सम्भावना रहेको एक नेताले बताए ।

यो पनि पढ्नुहोस्

माधव नेपालसहित एमालेका ४ नेताहरुले फर्काए स्पष्टीकरणको जवाफ

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो छलफल ?

ओलीले बोलाए संसदीय दलको बैठक, खनाल-नेपाल समूह होला त सहभागी ?

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक

अन्तत: झुक्यो खनाल-नेपाल समूह : चार नेताले जवाफ पठाउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !