१९ बैशाख २०८१, बुधबार

माधव नेपालसहित एमालेका ४ नेताहरुले फर्काए स्पष्टीकरणको जवाफ


माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित ४ जना नेताहरुले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी कार्यालय धुम्बाराहीमा स्वकीय सचीवमार्फत स्पष्टीकरण बुझाएका हुन् ।

गत शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो । पार्टी महासचिव ईश्वर पोखरेलले नेपालसहित ४ जनालाई स्पष्टीकरण मागेका थिए ।

एमालेका कार्यालय सचिव ईश्वरी रिजालले स्पष्टीकरण पत्र प्राप्त भएको बताएका छन् । शनिबारको केन्द्रीय समितिको निर्णय अनुसार पार्टी महासचिव पोखरेलले सोमबार ४ जना नेताहरुको नाममा छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए ।

४ जना नेताहरुले बुझाएको स्पष्टीकरण पत्र नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलमा पुगिसकेकोले ओली र पोखरेलले उक्त स्पष्टीकरण अध्ययन गरिरहेको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो छलफल ?

ओलीले बोलाए संसदीय दलको बैठक, खनाल-नेपाल समूह होला त सहभागी ?

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक

अन्तत: झुक्यो खनाल-नेपाल समूह : चार नेताले जवाफ पठाउने

खनाल-नेपाल समूहको तयारी : स्पष्टीकरणको जवाफसहित ओलीलाई नै प्रतिस्पष्टीकरण सोध्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !