२२ बैशाख २०८१, शनिबार

पौडेलको दबाबले थाकेका देउवाले बोलाएको काँग्रेस पदाधिकारीको बैठक आज बस्दै

कांग्रेस पदाधिकारी बैठक आज बस्दै


शेर बहादुर देउवा र रामचन्द्र पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टीको महाधिवेशनमा केन्द्रित रहेर छलफल गर्न लागिएको काँग्रेसका एक नेताले बताएका छन् । बैठक आज दिउसो २ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्न लागेको हो ।

काँग्रेसमा विवाद चुलिएर असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो दिउसो आफूनिकट नेताहरूको बैठक पौडेल निवास बोहराटारमा बोलाएपछि थाकेका कांग्रेसका सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पौडेल पक्षले छुट्टै भेला राखेर दबाब बढाएपछि देउवाले पदाधिकारी बैठक बोलाउन बाध्य भएका हुन् ।

पौडेल निवासमा हिजो भएको बैठकमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा.मिनेन्द्र रिजाल लगायत नेताहरू बैठकमा सहभागी रहेको बताइएकाे छ ।

महामन्त्री कोइराला, कोषाध्यक्ष यादव र आफ्ना निकट नेता महत समेत पौडेलको भेलामा गएपछि देउवा बैठक बोलाउन बाध्य भएका थिए । कांग्रेसमा यतिवेला सरकारको नेतृत्व गर्नुपर्ने र सरकारमा सहभागी हुनै नहुने भन्ने दुई धार छ ।

पौडेल निवास हिजो भएको बैठकमा देशको पछिल्लो राजनीतिक संक्रमण, सत्ता साझेदारी, पार्टीको आगामी महाधिवेशन, ओली सरकारको विकल्प र कांग्रेसको भूमिकाबारे छलफल भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा नयाँ गठबन्धन निर्माणमा अग्रसर नदेखिएको भन्दै सक्रिय भूमिका निर्वाह गर्न पार्टीभित्रैबाट दबाब दिँदा पनि उनी मौन रहेकामा पौडेल पक्ष असन्तुष्ट रहेको थियो । ओलीको विकल्प खोज्न देउवालाई दबाद दिने रणनीति अनुसार पौडेल पक्षले सो बैठक बोलाइएको थियो ।

नेपाली कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको आरोप लागिरहेका बेला देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन् ।

यो पनि पढ्नुहोस्

पौडेलको दबाबले अन्तत: गले देउवा, बाध्य भएर बोलाए कांग्रेस पदाधिकारीहरुको बैठक

कांग्रेसमा चुलियो विवाद, पौडेल पक्षले बोलायो छुट्टै बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !