१५ बैशाख २०८१, शनिबार

उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष सहित २०० भन्दा धेरै उद्योगपति व्यापारीहरु एमालेमा प्रवेश


२०० भन्दा धेरै उद्योगपति व्यापारीहरु एमालेमा प्रवेश

काठमाडौं, ६ चैत । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २३५ भन्दा बढी उद्योगी ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान समेत छन् ।

२०० भन्दा धेरै व्यापारीहरु एमाले प्रवेश गर्ने भएका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा उनीहरु एमाले प्रवेश गर्न लागेका छन् ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले उनीहरुलाई बालुवाटार बोलाएका हुन् ।

कार्यक्रममा बोल्दै दुगडले एमाले प्रवेश गर्न चाहने २ सय ३५ पुगेको बताए । तर, धेरैलाई छलफलमा भनेर बोलाइएको स्रोत बताउँछ । पार्टी प्रवेश गर्न लागेकामध्ये कतिपयमाथि राजश्व छलीमा छानबिन भइरहेको छ । सो मुद्दा मिलाउने प्रलोभन दिएर दुगडले केहीलाई पार्टी प्रवेश गराउन लागेका छन् ।

ललित अग्रवाल, ओम प्रकाश वंशल, हितेश गोल्छा, अजय सरावगी, नरेन्द्र गुप्ता, जुगल किशोर धनावत लगायत पार्टी प्रवेश गरेका हुन् । सुरेन्द्र श्रेष्ठ, सरस्वती खत्री, किशोर लोहिया, नवीन खान, अनिलकुमार बंशल, जीवन दारुका, पिताम्बर हरलाल्का, मुकेश महेश्वरी, प्रेम पाण्डे, दिलिप जैन, नरेश कुमार सरिया पनि प्रवेश गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !