१४ बैशाख २०८१, शुक्रबार

कर्णालीका मुख्यमन्त्री शाही भन्छन्, ‘प्रदेशसभाबाट विश्वासकाे मत लिएर देखाउँछु’


महेन्द्रबहादुर शाही File Photo

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएर देखाउँने बताएका छन् । सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको हो ।

बुधबार प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले सदनबाटै विश्वासको मत लिएर देखाउने चुनौती दिएका हुन् । एमालेले भोलि चैत ५ गतेबाट लागू हुने गरी सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलो पटक बसेको दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्रीका रुपमा समर्थन गर्ने निर्णय फिर्ता लिएको हो । एमालेको संसदीय दलका नेता यामलाल कँडेलले आफ्नो पार्टीले समर्थन झिकेसँगै सरकार कामचलाउमा परिणत हुने बताएका छन् ।

यद्यपि खनाल-नेपाल समूहको नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई एमालेले दिएको समर्थन कायमै रहेको स्पष्टिकरण दिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका हुन् ।

नेकपा गठनअघि २०७४ फागुनमा एमालेका २० र माओवादी केन्द्रका १३ सांसदको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त भएका थिए । समथर्न फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेको छ । शाहीसँग अब राजीनामा दिने वा प्रदेश सभाबाट विश्वासको मत लिने विकल्प छन् ।

४० जना प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित २० जना, माओवादी केन्द्र १३ जना, नेपाली कांग्रेस ६ जना र राप्रपा नेपालका १ जना सदस्य छन् । सरकारलाई बहुमतका लागि २१ जना संख्या चाहिले भएकोले कांग्रेसको साथ अनिवार्य छ ।

यो पनि पढ्नुहोस्

खनाल-नेपाल समूहले भन्यो, ‘कर्णालीमा हाम्रो समर्थन कायमै छ’

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता, अव के गर्लान् मुख्यमन्त्री शाहीले ?

प्रचण्डलाई यतिठुलो चटारो: एमालेले फिर्ता लियो कर्णाली प्रदेशलाई दिएको समर्थन

मुख्यमन्त्री शाहीलाई दिइएको समर्थन फिर्ता लिने एमाले प्रदेश संसदीय दलको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !