२३ बैशाख २०८१, आइतबार

कर्णाली सरकारलाई दिएकाे समर्थन कायमै रहेको खनाल-नेपाल समूहको स्पष्टिकरण

खनाल-नेपाल समूहले भन्यो, 'कर्णालीमा हाम्रो समर्थन कायमै छ'


प्रकाश ज्वाला

सुर्खेत । खनाल-नेपाल समूहको नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई एमालेले दिएको समर्थन कायमै रहेको स्पष्टिकरण दिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका हुन् ।

ज्वालाले ओली समूहले गरेको निर्णयप्रति खनाल-नेपाल समूहको ध्यानाकर्षण भएको बताएका छन् । नेकपा एमालेको ओली समूहले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै सोही पार्टीका खनाल-नेपालका नेता ज्वालाले सो निर्णयप्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन् ।

आज बुधबार वीरेन्द्रनगरमा बसेको ओली समूहको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिएको घाेषणा गरेकाे थियाे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रिया सम्मत नभएको प्रष्ट पार्न चाहन्छौ’ ज्वालाले औपचारिक सूचना नदिई बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरु प्रति आफुहरुको असहमति रहेको बताएका छन् । उनले यो निर्णय नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदै भनेका छन्, ‘कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौ ।’

४० जना प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित २० जना, माओवादी केन्द्र १३ जना, नेपाली कांग्रेस ६ जना र राप्रपा नेपालका १ जना सदस्य छन् । सरकारलाई बहुमतका लागि २१ जना संख्या चाहिले भएकोले कांग्रेसको साथ अनिवार्य छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !