१४ बैशाख २०८१, शुक्रबार

खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाप्रति ओली समूहको कडा आपत्ति


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) को झलनाथ-माधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाप्रति एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले कडा आपत्ति जनाएको छ ।

नेकपा (एमाले) का महासचीव ईश्वर पोखरेलले आज साँझ एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

नेकपा एमालेको तर्फवाट त्यस्तो त्यस्तो कुनै पनि भेला आयोजना नगरिएको पोखरेलले प्रष्ट पारेका छन् । भेलामा सहभागी हुनेहरुलाई कारवाही हुन सक्ने संकेत पोखरेलले गरेका छन् ।

महासचिव पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अनिाधिकृत गुटगत भेला नगर्न-नगराउन,भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता-कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ । अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा स्पष्ट गरिन्छ ।’

ललितपुरका आज पत्रकार सम्मेलन आयोजना गरेर खनाल-नेपाल समूहले बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको जानकारी दिइएको हो । भेलाकोे सम्पूर्ण तयारी पूरा भएको जनाइएको थियो ।

खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाप्रति ओली समूहको जनायो कडा आपत्ति

यो पनि पढ्नुहोस्

खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला भोलि बुधबारदेखि शुरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !