११ जेष्ठ २०८१, शुक्रबार

किन अचानक खनाल-नेपाल समूहले गर्दैछ पत्रकार सम्मेलन ?


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवनेपाल समूहले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछ । यो समूहले चैत ४ र ५ गते काठमाडौंमा विशाल राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको हो ।

कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने उक्त समूहको प्रचार विभाग संयोजक योगेश भट्टराईले जानकारी दिए । आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम रहेको नेता भट्टराईले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।

केपी ओली समूहले सोमबार नेता नेपालसहित धुम्बाराहीमा आयोजित छलफलमा ओलीले यस कार्यकर्ता भेला नगर्न आग्रह गरेतापनि खनाल-नेपाल समूहले कार्यकर्ता भेला नरोक्ने बताएको छ ।

साथै प्रधानमन्त्री ओलीले आज बालुवाटारमा केन्द्रीय सदस्यका लागि गर्न लागेको चियापान समारोह आयोजना गरेको छ । पार्टी पहिलेकै अवस्थामा फर्किएको सन्दर्भमा केन्द्रीय कमिटीको ७ गतेको बैठकअघि सदस्यहरुलाई चियापानका लागि बोलाइएतापनि खनाल-नेपाल समूहले उक्त चियापान बहिष्कार गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

खनाल-नेपाल समूहको पोष्टरमा सूर्य थापाको रातो मसीसहित क्रस चिह्न, अव के होला एमालेमा ?

ओलीको आज बालुवाटारमा चियापान हुँदै, खनाल-नेपाल समूहले गर्यो बहिष्कार

गोकुल बास्कोटाले गरे माधव नेपाल समूहको रणनीतिको प्रदाफास : होला त पार्टी पुनर्मिलन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !