३ असार २०८१, आइतबार

खनाल-नेपाल समूहको पोष्टरमा सूर्य थापाको रातो मसीसहित क्रस चिह्न, अव के होला एमालेमा ?


खनाल-नेपाल समूहको पोष्टरमा सूर्य थापाको रातो मसीसहित क्रस चिह्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेको खनाल-नेपाल समूहको भोलि चैत ४ गते र पर्सी चैत ५ गते हुने भेलाको पर्चालाई रातो मसीसहित क्रस चिह्न लगाइदिएर आफ्नो आक्रोश व्यक्त गर्दै सामाजिक संजाल फेसबुकमा सेयर गरेका छन् ।

यसले गर्दा फेरि सामाजिक संजालमा खनाल-नेपाल समूहका नेता-कार्यकर्ता र ओलीका साइबर सेनावीच टकराव सिर्जना हुने अनुमानसम्म गर्न सकिन्छ ।

थापाले एमालेको खनाल-नेपाल समूहले गर्न लागेको भेलालाई गुट भेलाको संज्ञा भनेर कडा टिप्पणी गर्दै भेला प्रचण्डको निर्देशन र होमवर्क बमोजिम हुन लागेको दावी समेत गरेका छन् । साथै उनले यसलाई रमिता र गाइजात्राको संज्ञा समेत दिएका छन् ।

उनले यसलाई चैत महिनामा प्रदर्शित गाइजात्राको संज्ञा दिंदै पार्टीमा अलग समूह बनाएर पुनः प्रचण्डपथमा सामेल हुन जाने तयारी गरेको आरोप लगाएका छन् । सोहि कारणले प्रचण्डले आफ्नो पार्टीको केन्द्रीय कमिटी वैठक केहि दिनका लागि स्थगित गरी पर्खिरहेको उनले खुलासा गरेका छन् ।

यस्तो छ सूर्य थापाले रातो मसीसहित क्रस चिह्न लगाएको पोष्टर

यो पनि पढ्नुहोस्

गोकुल बास्कोटाले गरे माधव नेपाल समूहको रणनीतिको प्रदाफास : होला त पार्टी पुनर्मिलन ?

ओलीसँग भएको छलफल लगत्तै नेपालले किन गरे बानेश्वरमा बैठक ?

नेपाल भन्छन्, ‘फागुन २८ को निर्णयलाई शून्य स्थितिमा पुर्‍याउँ’

वार्ता गर्न गएका नेपाल समूहलाई ओलीले यतिसम्म भनेपछि…

ओली-नेपाल समूहवीच भनाभन: दुबै समूह आ-आफ्नै अडानमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !