१४ बैशाख २०८१, शुक्रबार

ओलीले बादल र भट्टलाई दिन लागे यतिठूलो पद, भिम रावल हेर्‍याहेर्‍यै


केपी ओली, बादल र लेखराज भट्ट

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री समेत रहेका राम बहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्टलाई यतिठूलो पद दिन लागेका छन् भने उता एमालेका उपाध्यक्ष भिम रावल हेर्‍याहेर्‍यै भएका छन् ।

नेकपा (एमाले) का माथिल्लो तहका एक नेताका अनुसार रामबहादुर थापा ‘बादल’लाई एमालेको उपाध्यक्षमा मनोनित गर्ने तयारी गरिएको छ भने लेखराज भट्टलाई एमालेको सुदूरपश्चिम इन्चार्जमा मनोनित गर्ने तयारी गरिएको हो । थापा र भट्ट दुवै माओवादी केन्द्रबाट निर्वाचित सांसदको हैसियतमा ओली सरकारमा सामेल भएका हुन् ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताएदिए सकेपनि बादल र भट्ट माओवादीमा फर्किएका छैनन् । बादल, भट्ट लगायतका पूर्व माओवादी नेताहरु भने अझै एमालेमै रहेका हुन् । उनीहरु फर्किने नफर्किने अस्पष्ट रहेकै बेला एमालेमा जिम्मेवारी दिने तयारी गरिएको हो ।

‘मानिस चिनिने भनेको मर्दा र पर्दा हो’ भनेझैँ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेला आफूलाई ठुलो साथ दिएका बादललाई एमालेको उपाध्यक्ष बनाउने तयारी भइरहेको स्रोतले बताएको छ । उनका अनुसार पार्टीमा अनौपचारिक छलफल भएको बारेमा छिट्टै पार्टीको बैठक बसेर निर्णय गरिने बताउदै महासचिव एक दुई दिनभित्र बैठक राखेर निर्णय गर्ने तयारी भएको हो ।

यस्तै आफूलाई संकट पर्दा प्रचण्डको साथ छोडेर आफूतिर लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई पनि नेकपा (एमाले) मा सम्मानजनक स्थान दिने ओलीले सोच बनाएका छन् । नेकपा (एमाले) का माथिल्लो तहका एक नेताका अनुसार संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका अन्य नेताहरूलाई पनि उचित स्थान दिने बताएका छन् ।

आफ्नो सांसद पद नै धरापमा राखेर संकट परेका बेला नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन योगदान दिएर सांसद पद समेत त्याग गर्न तयार राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सभाका उनीहरूलाई उचित र सम्मानजनक स्थान दिने तयारी ओलीले गरेका हुन् ।

पूर्वमाओवादी केन्द्रका सांसदहरू पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको पक्षमा उभिएका पूर्वमाओवादीका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई ओलीले मन्त्री बनाइ सकेका छन् ।

माओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायतका मन्त्रीसँग एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव पौडेल र सुवास नेम्वाङले केही दिनदेखि निरन्तर छलफल गरिरहेको बुझिएको छ । केन्द्रमा समायोजन गरेपछि जिल्ला जिल्लामा पनि सम्मानजनक व्यवस्थापन गरिने भएको हो ।

प्रचण्डको नजिक हुँदा ओलीको खेदो खन्ने भिम रावलको हातल खराव हुने देखिन्छ । उनको छुच्चो जिब्रोले गर्दा अव धेरै हविगत नहोस् भन्ने कामना मात्र गर्न सकिन्छ । तर भविष्यमा एमाले अध्यक्षको सपना देखेका रावललाई पछि पर्दै बिष्णु पौडेललाई ओलीले साविकको नेकपाको महासचीव बनाएर उनलाई किनारा लगाएका थिए ।

तर पहिला ओलीले नै रावललाई रक्षामन्त्री त बनाएका थिए । पछि ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा समेत रावललाई मन्त्री नबनाउदा उनी ओलीप्रति झन् आक्रोशित भएर राष्ट्रवादी भएका थिए । पार्टीभित्र रावललाई सत्ताको नजिक बस्न चाहने अवसरवादी नेताको रुपमा हेर्ने गरिन्छ ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई त्यागेर आएकालाई ओलीले दिन लागे यतिठुलो सरप्राइज गिफ्ट

बादललाई उपाध्यक्ष बनाउने ओलीको तयारी, अव माधव निकटहरुको हालत के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !