२५ बैशाख २०८१, मंगलबार

प्रचण्डलाई त्यागेर आएकालाई ओलीले दिन लागे यतिठुलो सरप्राइज गिफ्ट


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यागेर आफूलाई साथ दिएका प्रचण्डनिकट नेताहरुलाई ठुलो सरप्राइज गिफ्ट दिने तयारी गरेका छन् ।

गृहमन्त्री समेत रहेका राम बहादुर थापा ‘बादल’लाई एमालेको उपाध्यक्ष बनाउने ओलीको तयारी थालेको बुझिएको छ । ‘मानिस चिनिने भनेको मर्दा र पर्दा हो’ भनेझैँ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेला आफूलाई ठुलो साथ दिएका बादललाई एमालेको उपाध्यक्ष बनाउने तयारी भइरहेको स्रोतले बताएको छ ।

यस्तै आफूलाई संकट पर्दा प्रचण्डको साथ छोडेर आफूतिर लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई पनि नेकपा (एमाले) मा सम्मानजनक स्थान दिने ओलीले सोच बनाएका छन् । नेकपा (एमाले) का माथिल्लो तहका एक नेताका अनुसार संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका अन्य नेताहरूलाई पनि उचित स्थान दिने बताएका छन् ।

आफ्नो सांसद पद नै धरापमा राखेर संकट परेका बेला नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन योगदान दिएर सांसद पद समेत त्याग गर्न तयार राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सभाका उनीहरूलाई उचित र सम्मानजनक स्थान दिने तयारी ओलीले गरेका हुन् ।

पूर्वमाओवादी केन्द्रका सांसदहरू पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको पक्षमा उभिएका पूर्वमाओवादीका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई ओलीले मन्त्री बनाइ सकेका छन् ।

नेकपा माओवादी केन्द्रका नेताहरु नेकपा एमाले प्रवेश गर्ने तयारी गरिरहेका छन् । माओवादीका केही शिर्ष नेता नै एमाले प्रवेशका लागि निरन्तर वार्तामा रहेको बुझिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक जिवन सिध्याउन लागेको भन्दै नेता र कार्यकर्ता एमालेको सम्पर्कमा रहेका छन् ।

ओली पक्षको एमालेले अन्य नेता कार्यकर्ताहरु पनि एमालेमा आउन वार्ता गरिरहेकाले सबैलाई सामुहिक रुपमा सम्मानजनक व्यवस्थापन गर्न लागेको हो । ओलीलाई कठिन परिस्थितिमा पनि साथ दिएका माओवादी केन्द्रका नेताहरुलाई अहिले एमालेमा सम्मानजनक स्थान दिने भएको हो ।

माओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायतका मन्त्रीसँग एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव पौडेल र सुवास नेम्वाङले केही दिनदेखि निरन्तर छलफल गरिरहेको बुझिएको छ । केन्द्रमा समायोजन गरेपछि जिल्ला जिल्लामा पनि सम्मानजनक व्यवस्थापन गरिने भएको हो ।

यो पनि पढ्नुहोस्

बादललाई उपाध्यक्ष बनाउने ओलीको तयारी, अव माधव निकटहरुको हालत के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !