२५ बैशाख २०८१, मंगलबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के निर्णय गर्ला त ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा आज बस्दै


नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’ को स्थायी कमिटी बैठक आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै मंगलबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका थिए । सभापति देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेपछि प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका थिए ।

हिजो मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा कुनै निर्णय नगरी नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता नलिने रणनीति माओवादी केन्द्रले बनाएको देखिन्छ ।

मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय भएसँगै प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन् । देउवा र भट्टराईसँग भएका छलफलबारे पनि दाहालले बैठकमा जानकारी गराउने माओवादी केन्द्र स्रोतले बताएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि साविकको नेकपाको अस्तित्व सकिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युत्याइ दिएर कानुनी रुपमा माधव नेपालसँग डिभोर्स भएपछि अत्तालिएका छन् । प्रचण्ड नेकपा (एमाले) बाहेकको सरकार बनाउने कसरतमा जुटेका छन् ।

यो पनि पढ्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !