२१ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई छटपटी : देउवालाई भेटेलगत्तै बाबुराम भट्टराईलाई भेट्न पुगे टोखा


प्रचण्ड र डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै मंगलबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

सभापति देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेपछि प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका थिए । मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय भएसँगै प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि साविकको नेकपाको अस्तित्व सकिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युत्याइ दिएर कानुनी रुपमा माधव नेपालसँग डिभोर्स भएपछि अत्तालिएका प्रचण्ड देउवालाई भेटेलगत्तै जनता भट्टराईलाई भेटेका हुन् ।

विकसित नयाँ राजनीतिक घटनाक्रमपछि प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका हुन् । प्रचण्ड नेकपा (एमाले) बाहेकको सरकार बनाउने कसरतमा जुटेका छन् ।

यो पनि पढ्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !