६ बैशाख २०८१, बिहिबार

ओली ठाकुरको भरमा, दाहाल देउवाको भरमा : को होलान् त सफल ?

ओली-ठाकुर भर्सेज दाहाल-देउवा सत्ता गठवन्धन


केपी ओली र महन्त ठाकुर तथा प्रचण्ड र शेर बहादुर देउवा

पृष्ठभूमि : सर्वोच्च अदालतले ऋषि कट्टेललाई नेकपाको आधिकारिकता दिने फैसला गरेपछि नेपालको राजनीतिको कोर्स पुरै परिवर्तन भएको छ । नपत्याउने खोलाले बगाउछ भने झैँ सत्ता र शक्तिको उन्मादमा लागेर ऋषि कट्टेललाई नजरअन्दाज गर्दा नेकपाको एकता खारेज भएको छ ।

सर्वोच्च अदालतको फैसलापछि ऋषि कट्टेल रातारात सर्वाधिक चर्चाका नेता भएका छन् भने ओली र प्रचण्डले ठुलो मूल्य चुकाउनु परेको छ । तर सो फैसलापछि ओली झन् शक्तिशाली भएका छन् तर माधव नेपाल धर्मसंकटमा परेका छन् भने प्रचण्ड झन् कम्जोर भएर पुरानै घरमा थन्किएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि साविकको राजनीतिक रुपमा विभाजन भएको ओली समूहले दिपावली गरेको छ भने प्रचण्ड समूहमा खग्रास सुर्य ग्रहण लागेको छ । ओलीलाई थप उर्जा प्राप्त भएको छ भने प्रचण्ड अत्तालिएका देखिन्छन् ।

निर्वाचन आयोगले आज केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्य्युनिष्ट पार्टी (ने क पा) निर्वाचन आयोगले खारेज गरिदिएको हो । उक्त दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको हो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।

तर अहिले पनि सत्ता र शक्तिको लागि ओली र प्रचण्डको जुगाँको लडाई सकिएको छैन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकार र संसद्लाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफल गर्ने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटीको बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई केपी ओलीको नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेका छन् ।

ओली महन्तको भरमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । एमालेले सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल र जसपाले लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको वार्ता टोली बनाएको छ । दुई पार्टीको वार्ता टोलीबीच सत्ता सहकार्य लगायतका विषयमा छलफल भएको छ ।

यसअघि २३ फागुनको विहान जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि दुई पार्टीले वार्ता टोली बनाएको जसपा स्रोतले बताएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् ।

वर्तमान ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेको पाइएको छ ।

ठाकुर र प्रधानमन्त्री ओलीवीच २३ फागुन विहान भएको भेटप्रति जसपाका नेताहरुले आशंका गर्दै ओली र ठाकुरबीच सत्ता साझेदारीबारे सहमति भएको चर्चा समेत चलेतापनि ठाकुरले केही बताएका थिएनन् । तर आज मंगलबार जसपा संसदीय दलको बैठकमा ठाकुरले सत्ता साझेदारीबारे गृहकार्य दल कार्यदल गठन गर्ने सहमति भएको र आफूले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई तोकेको जानकारी दिएका छन् ।

ठाकुरको यो कदम पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईका पत्तो समेत थिएन । उनीहरु ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन् । तर रेशम चौधरीको रिहाइ सबैको साझा एजेण्डा भएकोले ओलीसँग सत्ता साझेदारी हुनसक्ने झिनो सम्भावना देखिन्छ तर यसमा दक्षिणको छिमेकी मित्रराष्ट्रको दवाव पनि हुनसक्ने देखिएकोले यादव र भट्टराई पनि सहमितमा आउन सक्ने आंकलन हर्न सकिन्छ ।

प्रचण्ड देउवाको भरमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि साविकको नेकपाको अस्तित्व सकिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युत्याइ दिएर कानुनी रुपमा माधव नेपालसँग डिभोर्स भएपछि अत्तालिएका प्रचण्ड अचानक नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न आज बुढानिलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब बहुमत पुर्‍याउन अर्को दलका सांसद आवश्यक पर्ने अवस्था र ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ गठबन्धन बन्न सक्ने चर्चाबीच प्रचण्ड र देउवाबीच भएको भेटघाटलाइ राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) र नेपाली काँग्रेससँग नयाँ सत्ता समीकरण सोच बनाएका प्रचण्डलाई जसपाका अध्यक्ष महन्थ ठाकुरले धोका दिएपछि उनी देउवालाई भेट्न गएका हुन् । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई केपी ओलीको नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएपछि प्रचण्ड मंगलबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । उनीहरूबीच २० मिनेट कुराकानी भएपनि के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

आजै नेकपा माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो । संसद बैठक र सरकारबारे दलहरूसँग छलफल गर्ने नेकपा माओवादी केन्द्रको निर्णय गरेको थियो । तर नेपाली काँग्रेसको पौडेल पक्ष भने सरकारमा जानु नहुने धारणा राख्दै आएकोले प्रचण्डको उक्त प्रस्ताव देउवाले सहजै स्वीकार गर्न सक्ने सम्भावना कम देखिन्छ । तर नेपालका नेताहरु त हुन् जसले स्वार्थ मिल्यो भने सत्ता र शक्तिको लागि जे पनि गर्न तयार भएको दृष्टान्त विगतदेखि छर्लंग छ नेपाली जनतालाई ।

यो पनि पढ्नुहोस्

माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी सहित अन्य दलसँग छलफल गर्ने

ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा निर्वाचन आयोगद्वारा खारेज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !