१४ बैशाख २०८१, शुक्रबार

फागुन २३ गते संसद बैठक बोलाउन सरकारद्वारा राष्ट्रपतिलाई सिफारिस


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । नेपाल सरकारले प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले गत फागुन ११ गते बदर गर्दै प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला गरेको थियो ।

सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सोही बमोजिम मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो । अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक बोलाउनु पर्नेछ ।

यो पनि पढ्नुहोस्

संसद पुनर्स्थापनापछि पहिलोपटक प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के होला निर्णय ?

राजीनामा दिन चौतर्फी दवाव बढिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न किन पुगे शितलनिवास ?

प्रधानमन्त्री ओलीले चाल्न सक्ने भावी रणनीतिक कदमहरु

प्रधानमन्त्री ओली राजीनामा दिनेबारे परामर्शमा, देलान् त राजीनामा ?

प्रधानमन्त्री ओलीले किन बोलाए स्थायी कमिटी बैठक ?

सर्वोच्चको संसद पुनर्स्थापनाको आदेशपछि प्रधानमन्त्री ओलीका विकल्पहरु

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाकाे फेस गर्ने

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार छु : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !