२४ बैशाख २०८१, सोमबार

सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु : प्रधानमन्त्री ओली (पूर्णपाठ)

मैले कुनै कानुन व्यवसायीको नाम लिएर वक्तव्य दिएको छैन : प्रधानमन्त्री ओली


सर्वोच्चलाई प्रधानमन्त्रीले दिएको जवाफ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग रहेको बताएका छन् । अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेश अनुसार ओली आफै लिखित जबाफ बोकेर आज बिहान पौने १२ बजेतिर सर्वोच्च अदालत पुगेर उनले आफूले बुझाएको लिखित जवाफमा सो कुरा दोहोर्याएका हुन् ।

प्रधानमन्त्री ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको ११ बुँदे लिखित जवाफमा दावी पनि गरेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष आफू भएकाले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेज गर्न माग गरेका छन् ।

त्यस्तै उनले रिट निवेदनकले हुदै नभएको विषय र अप्रसांगिक कानुनी व्यवस्था उल्लेख गरी अदालतलाई भ्रमित गर्नेगरी रिट दिएको स्पष्ट देखिएको बताएका छन् । प्रधानमन्त्रीले चर्चामा आउन तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जाने मात्र होइन सम्मानित अदालतको अमूल्य समय समेत खेर जाने जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूविरूद्ध सर्वोच्च अदालतमा परेको अपहेलना सम्बन्धी मुद्दा खारेज गर्नुपर्ने माग गरेका हुन् । बिहीबार सर्वोच्चमा पेस गरेको लिखित जवाफमा प्रधानमन्त्रीले आफूले अदालतको मानहानी नगरेको जिकिर गर्दै आफूले बोलेका कुरामा फूलबुट्टा मात्र भरेर मुद्दा हालिएको दाबी गरेका छन् ।

यस्तो छ सर्वोच्चलाई प्रधानमन्त्रीले दिएको जवाफ

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओली किन अचानक गए सर्वोच्च अदालत ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !