२५ बैशाख २०८१, मंगलबार

बेदुरामले गरे राष्ट्रिय सभाको उम्मेदवारी फिर्ता


Beduram-Bhusal

१५ माघ, काठमाण्डौ । राष्ट्रिय सभाको निर्वाचनका लागि सदस्य पदमा उम्मेदवारी दिएका नेकपा एमालेका पोलिटब्युरो सदस्य बेदुराम भुसालले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश नम्बर -३ को खुल्लातर्फको कोटावाट उम्मेदवारी दिएका नेता भुसालले सोमबार निर्वाचन आयोगवाट आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

खुला सदस्यतर्फ एमालेवाट बेदुराम भुसाल र बलराम बास्कोटाले उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रवाट भने नेता रामबहादुर थापा ‘बादल’ ले  उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिँदा प्राथमिकता क्रममा एक नम्बरमा बास्कोटा, २ नम्बरमा बादल र तेस्रो नम्बरमा भुसाल थिए । तर, नेमकिपाल गायतका साना दलले समर्थन नगरेपछि तीनमध्ये २ सिट मात्र वाम गठबन्धनले जित्ने सम्भावना देखिएको छ ।

जसका कारण एमालेको भोट बादललाई नआउँदा बादलले चुनाव हार्न सक्ने सम्भावना देखिएको भन्दै माओवादी झस्किएका कारण एमाले र माओवादीका शीर्ष नेताबीच यस सम्बन्धनमा बैठक बसेको थियो । सोमबार बसेको बैठकले भुसालको उम्मेदवारी फिर्ता लिने सहमति गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !