१९ बैशाख २०८१, बुधबार

भ्रमित समाचारको पछि नलाग्न ईश्वर पोखरेलको अनुरोध

ईश्वर पोखरेलको अनुरोध : भ्रमपूर्ण समाचारको भ्रममा नपरौ


ईश्वर पोखरेल फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भ्रमपूर्ण समाचारको भ्रममा नपर्न अनुरोध गरेका छन् । आज राती सामाजिक संजाल फेसवुकमा एउटा स्टाटस् लेख्दै उनले यस्तो अनुरोध गरेका हुन् ।

भोलि २०७७ माघ २३ गते काठमाण्डौं नारायणहिटी अगाडि गरिने नेपाल कम्युनिष्ट पार्टीको वृहद जनसभाको कार्यक्रमलाई लिएर अत्यन्त भ्रमपूर्ण समाचारहरू सामाजिक संजालहरूमा आएकोमा उनले आपत्ति समेत जनाएका छन् ।

साथै उनले आपराधिक मनसायबाट कुनै षड्यन्त्रकारी केन्द्रबाट योजनावद्ध रूपमा सम्प्रेषित त्यस्ता समाचारबाट भ्रममा नपर्न र सभामा सहभागी हुन पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आम जनतामा अनुरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको फेसवुक आईडीवाट आज सम्पादन गरेर आज नारायणहिटी अगाडि गरिने नेकपाको वृहद जनसभाको कार्यक्रम स्थगित गरिएको भन्नेबारे पोष्टहरु सामाजिक संजालमा आएकोमा ती भ्रम फिजाउन आएको समाचारहरुको खण्डन गर्दै उनले यस्तो अनुरोध गरेका हुन् ।
भ्रमित समाचारको पछि नलाग्न ईश्वर पोखरेलको अनुरोधको अनुरोध

यो पनि पढ्नुहोस्

माधव नेपालका कान्छा भाइ सराेजकाे घिनलाग्दाे अपराध कर्मकाे निन्दा गर्दछु – सूर्य थापा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !