२० बैशाख २०८१, बिहिबार

माधव नेपालका कान्छा भाइ सराेजकाे घिनलाग्दाे अपराध कर्मकाे निन्दा गर्दछु – सूर्य थापा


सूर्य थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपालका कान्छा भाइ सराेज उपाध्यायसहितकाे घिनलाग्दाे अपराध कर्मकाे निन्दा गरेका छन् । आज राती सामाजिक संजाल फेसवुकमा एउटा स्टाटस् लेख्दै उनले यस्तो निन्दा गरेका हुन् ।

उनका अनुसार माझण्ड (माधव-झलनाथ-प्रचण्ड) गुटका अपराधिक मानसिकता राख्ने व्यक्तिहरूकाे साइबर अपराधमा संलग्नतामा भाेलि माघ २३ गतेकाे हाम्राे पार्टीकाे बहुचर्चित जनप्रदर्शनबारे भ्रम फिजाउन सक्रिय रहेकाे देखिएकाे बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अन्य नेता गणहरूका विचार सुन्न उपत्यका र वागमती प्रदेशका जनसमुदायहरूलाई केन्द्रित गरी आयाेजना गरिएको उक्त कार्यक्रम निर्धारित समयमै हुने यथार्थप्रति कसैले अन्यथा गर्न खाेज्नु हत्केलाले सूर्य छाेप्न खाेज्नु जस्तै भएको बताएका छन् ।

भाेलिकाे कार्यक्रम विरूद्दकाे षडयन्त्र अन्तर्गत नै उक्त गुटले आज गरेकाे तथाकथित आमहडतालकाे सर्वत्र आलाेचना, निन्दा र भ्रत्सर्ना भएकाे पनि अवगत नै भएको उनले लेखेका छन् ।

यतिले नपुगेर आफ्नो फेसबुक आइडीलाई स्क्रीन सट गरी नक्कली म्यासेज बनाई साेसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्ताे अपराधिक गिराेह कुत्सित सक्रियतामा संलग्न रहेकाेमा उनले उक्त कार्यप्रति खेद प्रकट गरेका छन् ।

भाेलि हुने गरी तयारी भइरहेकाे निर्धारित कार्यक्रम दिउँसाे १२:०० बजे नारायणहिटी गेटमा हुने सबैमा स्पष्ट पार्दै यसरी नक्कली कार्यबाट दुष्टतापूर्वक भ्रमकाे खेती गर्नेहरूप्रति सावधान रहन र अन्याेलमा नपर्न उनले सम्बद्ध सबैमा अनुराेध पनि गरेका छन् ।
माधव नेपालका कान्छा भाइ सराेजकाे घिनलाग्दाे अपराध कर्मकाे निन्दा गर्दछु - सूर्य थापा

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !