२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीको आरोप : कम्युनिष्टको बर्को ओढेर बाटामा बस्नेहरुले कम्युनिष्ट आन्दोलनलाई बदनाम गराए


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहलाई लक्षित गर्दै कम्युनिष्टको बर्को ओढेर बाटामा बस्नेहरुले कम्युनिष्ट आन्दोलनलाई बदनाम गराएको आरोप छन् ।

बिहीबार काठमाडौंमा आयोजित आफूपक्षीय अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको सबैभन्दा बढी विरोध कम्युनिष्टकै खोल ओढेकाले गरेको आरोप लगाएका हुन् ।

ओलीले प्रचण्ड माधव नेपालहरुलाई देश अगाडि बढ्ला कि भनेर चिन्ता लागेको बताउदै उनले केहि गरिवको तरकारी फ्याकेर महान आन्दोलन सफल पार्न लागेको भन्दै ‘एउटी आमाले डोकोमा बोकेर ल्याएको तरकारी सडकमा फ्याकिदिनुभयो । आफु गाडी र बाइक चढेर रमिता हेरेको’ बताए ।

ओलीले प्रचण्ड नेपालका कार्यकर्ता सिध्दिएपछि आफै सडकमा आएको टिप्पणी समेत गरे । सम्बोधनका क्रममा ओलीले प्रचण्ड-नेपाल समूह कम्युनिष्टको बर्का ओढेर कम्युनिष्ट आन्दोलनलाई नै कमजोर पार्न लागि परेको आरोप पनि लगाए ।

उनले भूमिहीन किसानको समस्या समाधान गर्न आयोग गठन गर्दा माधव नेपालले मुद्दा हालेर किसानविरोधी काम गरेको आरोप लगाए । उनले कृषि क्षेत्रका समस्या समाधान गर्ने नेता को हो ? भनेर प्रश्न गर्दै सहभागीहरुलाई सोधेका थिए ।

जवाफमा ‘माधव नेपाल’ भन्ने जवाफ आएको थियो । पछिल्लो समय मन्त्री पद्मा अर्याललाई समेत नेता नेपालले हप्काउन खोजेको र खाली आफ्नै मान्छे राख्न प्रयास गरेपनि पछिल्लो पटक भत्काउन नसकेको बताए ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई ओलीको आग्रह : हप्कीदप्की होइन, कानुनको पालना गर्न सिक्नुस्

प्रधानमन्त्रीको प्रश्न : किन चाहियो लालकिल्ला र इण्डिया गेट ?

प्रचण्ड आन्दोलन, झगडा, मुद्धा लड्न र मुख छाड्न बानी परेका छन् : ओली

प्रचण्ड-नेपाल समूहले ६ महिनाकी सुत्केरीमाथि तातोतेल खन्याईदिएकाे बास्कोटाको आरोप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !