२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीको प्रश्न : किन चाहियो लालकिल्ला र इण्डिया गेट ?


केपी शर्मा ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आयात गरिएका लालकिल्ला, इण्डियागेट लगायतका चामल किन चाहियो भनेर प्रश्न गरेका छन् । यसरी भारतीय चामल आयातप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताएका छन् । ओलीले शान सौकातका लागि पौष्टिकता नै नभएको चामल भारतबाट आयात गर्ने ल्याउने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आनीबानी बिग्रिएकाले अनावश्यक रुपमा कृषि उपजहरुको आयात भइरहेको बताएका छन् । उनले नेपालमा चाहिने खाद्यान्न नेपालमै उत्पादन हुने पनि बताएका छन् ।

उनले जमिन बाँझो राख्ने प्रवृत्ति पनि रोक्नुपर्ने भन्दै कृषिका नाममा अनुदान लिएर दुरुपयोग भइरहेकाले सरकारले त्यस्तालाई कडाइ गर्ने बताए । उनले कृषि नीतिका सन्दर्भमा सरकार जानकार रहेको भन्दै उत्पादन र बजारलाई प्रभावकारी बनाउन लागि परेको बताए ।

यो पनि पढ्नुहोस्

प्रचण्ड आन्दोलन, झगडा, मुद्धा लड्न र मुख छाड्न बानी परेका छन् : ओली

प्रचण्ड-नेपाल समूहले ६ महिनाकी सुत्केरीमाथि तातोतेल खन्याईदिएकाे बास्कोटाको आरोप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !